एमाले र बिपी कांग्रेसबीचको गठबन्धन अस्वीकार्य : नगरप्रमुख ओझा

डडेल्धुरा । डेल्धुरामा २ भागमा बाँडिएको नेपाली कांग्रेसको एक पक्षले नेकपा (एमाले)सँग चुनावी तालमेल गरेपछि नेकपा एमालेका नेता तथा अमरगढी नगरप्रमुख विश्वेश्वरप्रसाद ओझाले असन्तुष्टि व्यक्त गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै ओझाले नेकपा एमाले डडेल्धुरा र नेपाली कांग्रेस मल्ल समूहबीच अमरगढी नगरपालिकामा गरिएको सहमतिप्रति असन्तुष्टि व्यक्त गरेका हुन् ।

ओझाले बिना परामर्श गरिएको कथित सहमतिकाविरुद्ध सशक्त प्रतिवाद गर्ने चेतावनी दिएका छन् । कांग्रेसमा देउवासँग पहिलैदेखि रुष्ट बनेको पूर्वजिल्ला सभापति तथा प्रदेशसभा सदस्य कर्णबहादुर मल्ल समूहले काँग्रेस बिपीमा प्रवेश गरी एमालेसँग गठबन्धन गरेको हो ।

आइतबार भएको दुई पक्षीय बैठकले जिल्लाका सात वटै स्थानीय तहमा चुनावी तालमेल गर्न निर्णयसँगै भागबन्डा गरेको छ । जसअनुसार जिल्ला सदरमुकाममा रहेको अमरगढी नगरपालिकामा बिपी कांग्रेसबाट हरिप्रसाद भट्ट नगरप्रमुखमा र एमालेका यज्ञराज अवस्था उपप्रमुखमा चुनाव लड्ने भएका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board