काठमाडौँ महानगरको मेयरमा केशव स्थापितलाई उठाउने एमालेको निर्णय

काठमाडौँ । नेकपा (एमाले)ले काठमाडौँ महानगरपालिकाको मेयरमा केशव स्थापितलाई उम्मेदवार बनाउने भएको छ ।

शनिबार बसेको सचिवालय बैठकले ६ महानगर र १० उपमहानगरको उम्मेदवार टुंगो लगाएको हो । जसअनुसार काठमाडौँको मेयरमा स्थापित र उपमेयरमा सुनिता डंगोललाई उम्मेदवार बनाउने निर्णय भएको एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले बताए ।

डंगोल स्वतन्त्र हैसियतले मेयरमा उम्मेदवारी दिने भन्दै घोषणा पत्र सार्वजनिक गरेकी थिइन् ।

ललितपुर महानगरपालिकाको मेयरमा हरिकृष्ण व्यञ्जनकार र उपमेयरमा मञ्जली शाक्य, पोखरा महानगरपालिकाको मेयरमा दिपक पौडेल र उपमेयरमा मञ्जुदेवी गुरुङलाई उम्मेदवार बनाएको छ ।

भरतपुर महानगरपालिकाको मेयरमा विजय सुवेदी र वीरगञ्जको मेयरमा विजय सारवगीलाई उम्मेदवार बनाएको छ । दुवै महानगरको उपमेयरको उम्मेदवार तोकिएको छैन ।

यस्तै, विराटनगर पालिकाको मेयर र उपमेयरको उम्मेदवार भने टुंगो लाग्न बाँकी रहेको उनले बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति