जिल्लामा तालमेल हुन नसकेपछि गठबन्धनका शीर्ष नेता बालुवाटारमा

काठमाडौं, १० बैशाख । केन्द्रले महानगर र उपमहानगरपालिकाको तालमेल टुंगो लगाए पनि जिल्ला जिल्लामा समस्या आएपछि सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच छलफल सुरु भएको छ ।नेकपा एसले केन्द्रबाट पालिका भागबण्डा लगाउन दबाब दिइरहेका बेला प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष नेताहरुको छलफल हुन लागेको हो । छलफलमा जानुपर्ने भएकाले नेकपा एसको सचिवालय बैठक रोकेर अध्यक्ष माधव नेपाल बालुवाटार पुगेका छन् ।

धेरैजसो जिल्लामा गठबन्धन नै हुन नसकेको तथा भएका ठाउँमा पनि कांग्रेस र माओवादीमात्र मिलेपछि नेपालले असन्तुष्टी जनाएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति