एकीकृत समाजवादीले आफ्नो भागका उम्मेदवार टुंगो लगायाे

काठमाडौँ, १० बैशाख । पाँच दलीय सत्ता गठबन्धनमा रहेको नेकपा एकीकृत समाजवादीले आफ्नो भागमा परेका सबै महानगर र उपमहानगरका प्रमुख तथा उपप्रमुख पदको उम्मेदवार टुंगो लगाएको छ।

जसअनुसार पोखरा महानगरपालिकाको प्रमुख पदको उम्मेदवार धनराज आचार्यलाई बनाउने भएको छ। आकांक्षी ६ जनाको नाम सिफारिस भए पनि शनिबार पार्टीले आचार्यलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। एकीकृत समाजवादीको भागमा परेको काठमाडौं महानगरपालिकाको उपप्रमुखमा रामेश्वर श्रेष्ठलाई उम्मेदवार बनाउने सहमति भएको छ। एकीकृत समाजवादीको भागमा परेको हेटौँडा उपमहानगरपालिका प्रमुखमा मीना लामालाई उम्मेदवार बनाउने सहमति भएको एक पदाधिकारीले जानकारी दिए। यसैगरी बुटवल उपमहानगरपालिका उपप्रमुखमा चीनबहादुर गुरुङ, तुलसीपुर उपमहानगर उपप्रमुख जोगबहादुर राना र इटहरी उपमहानगरपालिका उपप्रमुखमा केशव विष्टलाई उम्मेदवार बनाउने निर्णय भएको बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति