स्वास्थ्य सेवा कार्यालयका प्रमुखलाई कालोमोसो दल्ने नेकपाका कार्यकर्ता पक्राउ

जाजरकोट । स्वास्थ्य सेवा कार्यालय जाजरकोटका प्रमुख टिकाराम जैसीलाइ ३० फागुनमा कार्यकक्षमै कालोमोसो र जुत्ताको माला लगाउने विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यक्रता पक्राउ परेका छन् ।

शनिबार बिहान प्रहरीले उनीहरूलाई पक्राउ गरेको जाजकोटका डिएसपी सन्तोष निरौलाले जानकारी दिए ।

उनका अनुसार भेरी–१ पिपे घर भएका युवा संगठनको अध्यक्ष ३१ वर्षीय डिलबहादुर राना, कुसे गाउँपालिका–५ घर भइ युवा संगठनका इन्चार्ज २६ वर्षीय गोविन्द चन्द र भेरी नगरपालिका–७ घर भइ अखिल क्रान्तिकारीका संयोजक दिपेन्द्र सिंह पक्राउ परेका हुन् ।

पक्राउ परेकाहरूमाथि प्रमुख जैसीलाई विभिन्न आरोप लगाउँदै कार्यकक्षमै जुत्ताको माला र मोसो दलेको आरोप लागेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति