कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक फेरि सर्‍यो

काठमाडौँ । आसन्न स्थानीय तह निर्वाचनमा महानगरपालिका प्रमुख र उपप्रमुखका उम्मेदवार चयनका लागि बोलाइएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक फेरि सकेको छ ।

शनिबार बिहान ११ बजेका लागि तय भएको बैठक दिउँसो २ बजेलाई सारिएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उनका अनुसार अहिले पार्टीका शीर्ष नेताहरुबीच बालुवाटारमा अनौपचारिक छलफल भइरहेको छ । शुक्रबार दिउँसो २ बजेका लागि बोलाइएको बैठक आज ११ बजेका लागि सारिएको थियो ।

सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीबीच मेयर उपमेयरबारे बालुवाटारमा सहमति गरेर सानेपा जान चाहेपछि बैठक सारिएको बुझिएको छ ।

सत्ता गठबन्धनको बैठकले ६ महानगरमध्ये ३ कांग्रेसको प्रमुख रहने टुंगो लगाएको छ भने ११ उपमहानगरमध्ये ७ ओटामा कांग्रेसले नेतृत्व गर्ने छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति