तातोपानी गाउँपालिकाका अध्यक्ष नवराज न्यौपानेले फिर्ता गरे गाडी

जुम्ला । जिल्लाको तातोपानी गाउँपालिकाका अध्यक्ष नवराज न्यौपानेले कार्य अवधि नसकिँदै गाडी फिर्ता गरेका छन् । आफूले प्रयोग गर्दै आएको गाडी फिर्ता गर्नु नैतिक दायित्व भएको भन्दै उनले गाउँपालिकालाई गाडी बुझाएका हुन् ।

तातोपानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिलन बुढथापाका अनुसार अध्यक्ष न्यौपानेले शुक्रबार कार्यालयमा गाडी बुझाएका थिए । उक्त गाडी एक महिना निर्वाचन अधिकृतको कार्यालयमा प्रयोग हुने बताइएका छ ।

“धेरै जसो गाडी निर्वाचनको मुखैमा पनि राजनितिक कार्यक्रममा प्रयोग हुने गरेको पाइन्छन । अब कार्यालयलाई फिर्ता गर्दा उचित ठानेर बुझाइएको हो, न्यौपानेले भने ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति