काठमाडौँको मेयरमा तीनजना कलाकारको दाबी

काठमाडौँ । मुलुकको राजधानीसमेत रहेको काठमाडौँ महानगरपालिकामा तीनजना कलाकारले भावी मेयरका लागि उम्मेदवारी दाबी पेस गर्ने भएका छन् ।

आइतबारदेखि सुरु हुने उम्मेदवार मनोनयनका लागि मदनदास श्रेष्ठ, गायक तथा र्‍यापर बालेन शाह र पूर्वमिस नेवाः तथा मोडेल सुनिता डंगोलले भावी मेयरका लागि दाबी प्रस्तुत गर्न लागेका हुन् ।

राजेन्द्र लिङदेन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौँको मेयरका लागि पुराना कलाकार मदनदास श्रेष्ठको नाम सिफारिस गरिसकेको छ भने र्‍यापार शाहले पनि उम्मेदवारी घोषणा गरिसकेका छन् ।

मोडेल तथा मिस नेवाः डंगोलले पनि युवाको प्रतिनिधित्व गर्दै काठमाडौँको भावी मेयरका लागि आफनो दावेदारी प्रस्तुत गर्दै आएकी छन् ।

वरिष्ठ कलाकार श्रेष्ठले राजनीतिक दलको प्रतिनिधित्व गर्दै उम्मेदवारी दिने भए पनि र्‍यापर शाह र मोडेल डंगोलले स्वतन्त्र उम्मेदवारी दिँदै छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति