धनगढीको मेयरमा कांग्रेसबाट पुनः वड सिफारिस

धनगढी । सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगर रहेको धनगढीमा नेपाली कांग्रेसले निर्पबहादुर वडलाई नै मेयर पदमा उम्मेदवार बनाएको छ ।

हाल मेयर रहेका वडलाई आगामी निर्वाचनमा पनि उम्मेदवार बनाउने निर्णय गरिएको नेपाली कांग्रेस धनगढी नगर सभापति यज्ञराज उपाध्यायले बताए ।

सत्ता गठबन्धनले धनगढीको मेयर कांग्रेसलाई दिने सहमति भएपछि शुक्रबार कार्यदलको बैठकले वडलाई नै उम्मेदवार बनाउने निर्णय गरेको छ,’ नगरसभापति उपाध्यायले भने, ‘आजसम्म वडा अध्यक्षको उम्मेदवारी पनि टुंगो लगाउने छौँ ।’

विसं २०७४ सालमा मा सम्पन्न स्थानीयतहको निर्वाचनमा स्वतन्त्र उम्मेदवार गोपाल हमाललाई २७ सय मत अन्तरले पराजित गर्दै विजयी भएका थिए ।

यसअघि धनगढी उपमहानगरपालिकाको मेयरमा व्यवसायी गोपाल हमालले स्वतन्त्र उम्मेदवारी दिइसकेका छन् । नेकपा (एमाले)ले भने अहिलेसम्म उम्मेदवारी टुंगो लगाएको छैन ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति