उम्मेदवार टुंगो लगाउन कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्ने भएको छ ।

समितिको बैठक यसअघि शुक्रबारका लागि बोलाइएको भए पनि शीर्ष नेताहरु दिनभर बैठकमा व्यस्त भएपछि कार्यसम्पादन समितिको बैठक आजका लागि सारिएको थियो ।

कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक शनिबार बिहान ११ बजे बस्ने तयारी छ ।

महानगर र उपमहानगरका मेयर र उपमेयर टुंग्याउने तयारी गरेको छ । सत्ता गठबन्धनको बैठकले ६ महानगरमध्ये ३ कांग्रेसको प्रमुख रहने टुंगो लगाएको छ भने ११ उपमहानगरमध्ये ७ ओटामा कांग्रेसले नेतृत्व गर्ने छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति