सिन्धुपाल्चोकमा काँग्रेसले एमालेसँग गठबन्धन गर्न लागेको आरोप

सिन्धुपाल्चोक, १० बैशाख । सिन्धुपाल्चोकमा काँग्रेसले एमालेसँग गठबन्धन गर्न खोजेको आरोप लागेको छ। सो आरोप नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले लगाएको हो ।

यसबारे एकीकृत समाजवादी पार्टी र माओवादी केन्द्रका जिल्ला नेतृत्वले प्रदेश कार्यसमितिलाई पत्र पठाएर ध्यानाकर्षण नै गराएको छ । सिन्धुपाल्चोकमा यसअघि सत्ता गठबन्धनबीच चुनावी तालमेलको सहमति भएपनि पछिल्ला दिनहरुमा संयन्त्रको बैठक संयोजनको जिम्मेवारी प्राप्त दल नेपाली काँग्रेसका तर्फबाट बैठकको वास्ता नगर्ने, बैठक बोलाएका दिन पनि मुख्य निर्णायक भूमिकामा रहेका नेता तथा केन्द्रीय सदस्यको अनुपस्थितिका वार्ताको वातावरण नभएको पत्रमा उल्लेख छ ।

गठबन्धन दलको सात बुँदे निर्देशन विपरीत काँग्रेसको तर्फबाट एमालेसँग वार्ता अगाडि बढाइएको पत्रमा उल्लेख गरिएको छ । यसले गठबन्धनको मर्म र भावनाभन्दा बाहिरका शक्तिका बीचमा पालिका प्रमुख उपप्रमुख समेतको बाँडफाँड गरेको पाइएको भन्दै पत्रमा यस सम्बन्धमा तत्काल शीर्ष नेतृत्वबाट आवश्यक कदम चाल्न आग्रह गरिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति