एमाले मुगुले टुंगायो उम्मेदवारी

मुगु । नेकपा (एमाले) मुगुले उम्मेदवारी टुंगो लगाएको छ । ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनको लागि एमालेले आफ्ना उम्मेदवारहरु टुंगो लगाएको हो ।

छाँयानाथ रारा नगरपालिकाको मेयरका लागि डम्बर रावल र उपमेयरमा टोमा लामालाई सिफारिस गरेको एमाले मुगुले जनाएको छ । पालिका प्रमुख र उपप्रमुखहरुहरुको नाम एमालेले शुक्रबार टुंगो लगाएको हो ।

त्यस्तै, सोरु गाउँपालिकाको अध्यक्षमा डिल्लीप्रसाद भट्ट, उपाध्यक्षमा डिलकली शाही, खत्याड गाउँपालिका अध्यक्षमा लालबहादुर मल्ल, उपाध्यक्षमा कविता गिरी र मुगुमकामारोङ्ग गाउँपालिका अध्यक्षमा सोनाम लामा र उपाध्यक्षमा छिरिङ्ग फुटिक लामालाई उम्मेदवार घोषणा गरेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति