मन्त्री झाँक्री अमेरिका प्रस्थान

काठमाडौँ । सहरी विकासमन्त्री रामकुमारी झाँक्री अमेरिका प्रस्थान गरेकी छन् । अमेरिकाको न्युयोर्कस्थित युएन ह्याबिटेटको मुख्यालयमा आयोजित उच्चस्तरीय बैठकलाई सम्बोधन गर्न मन्त्री झाँक्री शुक्रबार साँझ अमेरिका प्रस्थान गरेकी हुन् ।

उनले आगामी अप्रिल २८ तारिखमा उक्त बैठकलाई सम्बोधन गर्ने मन्त्रालयका प्रवक्ता सहसचिव विष्णुप्रसाद शर्माले जानकारी दिए । युएन ह्वाबिटेट अन्तर्गत सञ्चालित ‘न्यू अर्बन एजेन्डा २०१५ को कार्यान्वयनको अवस्थाबारे’ बैठकमा छलफल हुने पनि उनले बताए ।

मन्त्री झाँक्रीसँगै कार्यक्रममा सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक पद्मकुमार मैनाली, उपमहानिर्देशक दिलिप भण्डारी सहभागी छन् ।

मन्त्री झाँक्री अप्रिल ३१ तारिखमा स्वदेश फिर्ता हुने प्रवक्ता शर्माले बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति