एमालेमा प्रवेश गरे माओवादी केन्द्रीय सदस्य देवकोटा र पूर्व राजदूत शेर्पासहितको टोली (प्रतिबद्धता पत्र सहित)

काठमाडौं, ९ वैशाख । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य धर्मदत्त देवकोटा एमालेमा प्रवेश गरेका छन् । कम्युनिस्ट पार्टी स्थापना दिवसका अवसरमा एमाले केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा माओवादीको सहकारी विभागका प्रमुख समेत रहेका देवकोटा प्रवेश गरेका हुन् ।

त्यस्तै माओवादीकी पूर्व केन्द्रीय सदस्य तथा अष्ट्रेलियाको लागि नेपाली राजदूत लक्की शेर्पा, कास्कीको लेखनाथ नगरपालिकाका पूर्व मेयर शालिग्राम पौडेल, माओवादीकी पूर्व केन्द्रीय सदस्य बेली तामाङ, सागर ढकालसहितको टोली एमालेमा प्रवेश गरेको छ । सोही कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका जुम्ला जिल्ला पूर्व अध्यक्ष धनबहादुर थापासहितको टोली पनि एमालेमा प्रवेश गरेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति