सर्‍यो नेकपा एमाले पार्टी कार्यालय, अध्यक्ष ओलीले गरे उद्घाटन

काठमाडौं, ९ वैशाख । नेकपा एमालेले आफ्नो पार्टी कार्यालय च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा सारेको छ ।

एमालेका अध्यक्ष केपी ओलीले नेपाल कम्यनिस्ट पार्टीको ७४ औं स्थापना दिवसका अवसरमा आयोजित कार्याक्रमका बीच पार्टी कार्यालयको उद्घाटन गरेका हुन् । कार्यालय सञ्चालनका लागि एमालेले अहिले रहेको तुल्सीलाल स्मृति प्रतिष्ठानको पुरै भवन भाडामा लिएको हो । तुल्सीलाल स्मृति प्रतिष्ठानको कार्यालय भने अहिलेको भवनबाट पश्चिमतिर नयाँ भवन बनाइएको छ । प्रतिष्ठानको उक्त भवन एमालेले ५ वर्षका लागि भाडामा लिएको भन्दै एमाले उपमहासचिव विष्णु रिमालले प्रतिष्ठानसँगको सहकार्यमा व्यावसायिक ढंगलेसमेत सञ्चालन गरिने बताएका छन् । एक वर्षअघि मात्र धुम्बाराहीस्थित पासाङल्हामु स्मृति प्रतिष्ठानबाट एमाले कार्यालय थापाथलीमा सरेको थियो । त्यहाँ ठाउँ नपुगेपछि तुल्सीलाल स्मृति भवनमा सरेको हो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति