चितवन कांग्रेस सभापतिको आग्रह : गठबन्धन विरोधी गतिविधि नगर्नु

काठमाडौँ । नेपाली कांग्रेस चितवन जिल्ला कार्यसमितिले केन्द्रीय परिपत्रभन्दा बाहिर गएर काम नगर्न निर्देशन दिएको छ ।

जिल्ला सभापति राजेश्वर खनालले शुक्रबार एक विज्ञप्ति जारी गर्दै केन्द्रीय परिपत्रभन्दा बाहिर गएर भेला, छलफल, गोष्ठी नगर्न र नगराउनका लागि पार्टीका सबै तह र तप्काका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका हुन् ।

यस प्रक्रियालाई नकरात्मक प्रभाव पार्ने गरी केन्द्रीय परिपत्रभन्दा बाहिर गएर भेला, छलफल, गोष्ठी नगर्न र नगराउनका लागि पार्टीका सबै नेता तथा कार्यकर्तासँग विनम्रताका साथ आग्रह गर्छु,” विज्ञप्तिमा भनिएको छ,“चितवन कांग्रेस गठबन्धनलाई पूर्ण पालना गरी अघि बढ्छ ।”

उनले आसन्न स्थानीय निर्वाचनमा सबै पार्टी होमिएसकेको भन्दै कांग्रेसले गठबन्धनलाई आत्मसाथ गरी अगाडि बढ्ने बताए ।

“आसन्न स्थानीय निर्वाचनमा सबै पार्टी होमिएको अवस्था र कांग्रेसले गठबन्धनलाई आत्मसाथ गरी अगाडि बढ्ने कुरालाई ध्यानाकर्षण गर्दै केन्द्रीय परिपत्रअनुसार गठबन्धनलाई पूर्णपालना गरी अगाडि बढ्ने कुराको समेत जानकारी गराउन चाहन्छु,” विज्ञप्तिमा भनिएको छ ।

भरतपुर महानगरपालिकाको प्रमुखमा यसपटक पनि बहालवाला प्रमुख रेणु दाहाललाई उठाउने तयारी नेकपा (माओवादी केन्द्र)ले गरेको छ । नेकपा (एमाले)बाट भरतपुर महानगरमा विजय सुवेदीले उम्मेदवारी दिने पक्का भइसकेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति