रियल सोसिडाडलाई पराजित गर्दै बार्सिलोना दोस्रो स्थानमा उक्लियो

काठमाडौँ । रियल सोसिडाडलाई १–० अन्तरले पराजित गर्दै बार्सिलोना स्पेनिस ला लिगा फुटबलको दोस्रो स्थानमा उक्लिएको छ ।

बिहीबार राति भ्रमणकारी टोली बार्सिलोनालाई जिताउन निर्णायक गोल पियरेक इम्रिक औबामेयाङकले गरे । उनले खेलको ११औँ मिनेटमा फेरान टोरेसको पास सदुपयोग गरे ।

इंग्लिस क्लब आर्सनलबाट बार्सिलोना झरेका औबामेयाङकको ११ खेलमा नौ गोल हो । जितपछि बार्सिलोना ६३ अंकसहित सेभियालाई पछि पार्दै दोस्रो स्थानमा उक्लिएको छ । रियल सोसिडाड तालिकाको छैटौँ स्थानमा छ । शीर्ष स्थानमा रियल मड्रिड रहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति