पुलिस फाइनलमा, उपाधिका लागि एपिएफसँग खेल्ने

काठमाडौँ । आयोजक वनदेबी युवा क्लबलाई ३–० अन्तरले पराजित गर्दै विभागीय टोली नेपाल पुलिस क्लब कैलालीको धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार जितसँगै पुलिसले उपाधिका लागि अर्को विभागीय टोली एपिएफ फुटबल क्लबसँग खेल्ने छ । फाइनल शनिबार हुने छ ।

पुलिसलाई फाइनलमा पुर्‍याउनका लागि निर्मला विकले दुई तथा रेखा पौडेलले एक गोल गरिन् ।

पहिलो हाफ गोलरहित बराबरी खेलेको पुलिसले दोस्रो हाफको ४ मिनेटमा अग्रता कायम गर्यो । खेलको ४९औँ मिनेटमा गोल गर्दै निर्मलाले पुलिसलाई अग्रता दिलाइन् ।

५६औँ मिनेटमा रेखाले गोल गर्दै अग्रता दोब्बर पारिन् । खेलको ६५औँ मिनेटमा निर्मलाले व्यक्तिगत दोस्रो गोल गर्दै पुलिसलाई तीन गोलको स्पष्ट अग्रता दिलाइन् ।

त्यसपछि कुनै पनि टीमले गोल गर्न सकेन । र पुलिस जितसहित फाइनल पुग्न सफल भयो ।

खेलमा उत्कृष्ट प्रदर्शन गर्दै दुई गोल गरेकी पुलिसकी निर्मला विक प्लेयर अफ द म्याच भइन् । उनले नगद ५ हजारसहित ट्रफी पाइन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board