करिष्मा मानन्धरले नाम फेरेर राखिन् ‘सूर्यकुमारी’

काठमाडौँ । नेकपा (एमाले)मा प्रवेश गरेकी अभिनेत्री करिष्मा मानन्धरले आफ्नो फेसबुक पेजमा नाम फेरेकी छन् ।

उनले बिहीबारदेखि आफ्नो वास्तविक नाम पछाडि ‘सूर्यकुमारी’ थपेकी छन् । एक महिनाअघि एमाले प्रवेश गरेकी उनले ३ लाख ७६ हजार फलोअसै रहेका भेरिफाइड फेसबुक पेजलाई परिवर्तन गरेर करिष्मा मानन्धर ‘सूर्यकुमारी’ राखेकी हुन् ।

केही समयअघि बुटवलमा नेकपा (एमाले)को सभामा बोल्दै अभिनेत्री मानन्धरले आफ्नो नाम सूर्यकुमारी भएको बताएकी थिइन् । आफ्नो नाम एमालेको चुनाव चिन्हसँग मिलेका प्रसंग निकाल्दै उनले न्वारनको नाम सूर्यकुमारी भएको बताएकी थिइन् ।

त्यसपछि उनी सूर्यकुमारी नामले सामाजिक सञ्जालमा छाएकी थिइन् । कतिपयले नामकै कारण उनलाई ट्रोलसमेत गरे । टाइमलाइनमा व्यापक चर्चा भएपछि करिष्माले पुनः आफ्नो नामले पोलेको भन्दै आलोचकलाई जबाफ दिइन् ।

करिष्माको सूर्यकुमारी नामप्रतिको मोह अब भाषणमा मात्र सीमित रहेन । उनले सामाजिक सञ्जालमै यो नामलाई प्रवेश गराइदिएकी छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board