१ करोड १९ लाख मतपत्र छापियो

काठमाडौँ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि हालसम्म १ करोड १९ लाख मतपत्र छापिएको छ ।

बिहीबार काठमाडौँमा आयोजित नियमित पत्रकार सम्मेलनमा निर्वाचन आयोगले हालसम्म ५३ जिल्लाका लागि १ करोड १९ लाख मतपत्र छापिसकिएको जानकारी दिएको हो ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचनका लागि द्रुत रुपमा मतपत्र छापिने क्रम जारी रहेको जानकारी दिए । त्यस्तै, बाजुरा, अछाम, सोलुखुम्बु, मुगुसहितका जिल्लाहरुमा निर्वाचन सामग्री पठाउने क्रम सुरु भइसकेको उनले बताए ।

सडक सञ्जाल जोडिएका स्थानमा सडक मार्गबाट र डोल्पा र मुगुमा भने द्रुत मार्ग वा हवाई मार्गबाट मतपत्र ढुवानी वैशाख १४ देखि सुरु हुने पौडेलले बताए ।

प्रवक्ता पौडेलले स्थानीय तहको निर्वाचन पर्यवेक्षण गर्नका लागि ४४ ओटा राष्ट्रिय संस्थालाई प्रवेक्षण अनुमति दिइएको उल्लेख गरे । त्यस्तै, उनले ७७ जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय र सबै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको बताए ।

पर्यवेक्षकले पर्यवेक्षण गरेको प्रतिवेदन ३० दिनभित्र आयोगमा पेस गर्नु पर्ने पौडेलले बताए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board