जनताले २०६४ मा दिएको बहुमत माओवादीले पचाउन सकेन : प्रचण्ड

कैलाली । नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले २०६४ सालमा जनताले दिएको बहुमत माओवादीले पचाउन नसकेको बताएका छन् ।

कैलालीको मसुरियामा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले २०६४ सालमा जनताले पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीमा बहुमत दिए पनि माओवादीले पचाउन नसकेको स्वीकारेका हुन् ।

‘२०६४ सालमा प्रत्यक्षतर्फ माओवादीले बहुमत ल्यायो,’ प्रचण्डले भने, ‘तर, माओवादीले पचाउन सकेन । पखाला लाग्यो ।’

अब जनताको विश्वासलाई माओवादीले गुम्न नदिने भन्दै प्रचण्डले आसन्न निर्वाचनपछि माओवादीले देशको नेतृत्व लिने दाबी गरे ।

बुधबार गठबन्धनका पाँच दलबीच ६ महानगर र ११ उपमहानगरमा भएको भागबन्डाले गठबन्धन भत्काउन खोज्नेहरु आत्तिएको उनको भनाइ छ ।

देशको राजनीति पनि माओवादी केन्द्र वरिपरि घुमिरहेको भन्दै उनले प्रचण्ड व्यक्ति नभएको बताए । सुदूरपश्चिमको तागत र शक्ति लिएर आफू काठमाडौँ फर्किने प्रचण्डले बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति