चुनावमा उम्मेदवारी दिएमा पत्रकार महासङ्घको पदबाट स्वतः मुक्त हुने

काठमाण्डौ, ८ बैशाख । नेपाल पत्रकार महासङ्घले आफ्ना कुनै पनि पदाधिकारी र सदस्य पालिका चुनावमा उम्मेदवारी दिएमा महासङ्घको पदबाट स्वतः मुक्त हुने निर्णय गरेको छ ।

महासङ्घको केन्द्रीय कार्यालय सञ्चारग्राममा आज बिहीवार बसेको बैठकले सदस्यता प्राप्त गरेका कोही पनि सदस्यले पालिका चुनावमा उम्मेदवार बन्न चाहेमा महासङ्घको गरिमा, साख र साझा चरित्रको ख्याल गर्दै सदस्यता परित्याग गरेर मात्रै उम्मेदवार बन्न आग्रह गरेको छ । यदि महासङ्घको सदस्यता परित्याग नगरि उम्मेदवारी दिने व्यक्ति महासङ्घमा कायम रहेको पदबाट स्वतः मुक्त हुने निर्णय गरेको छ । यस्तै महासङ्घले पालिका चुनावमा महासङ्घका सबै सदस्यलाई आचारसंहिताको पालना गरेर तटस्थ भूमिका निर्वाह गर्न पनि आग्रह गरेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति