सत्तारुढ गठबन्धनले १८ – २२ सम्म देशभर संयुक्त चुनावी सभा गर्ने

काठमाडौं ८ बैशाख । सत्तारुढ गठबन्धनले सात वटै प्रदेशमा संयुक्त चुनावी सभा गर्ने भएको छ । स्थानीय तह चुनाव तयारी तथा अनुगमन समितिको बिहीबारको बैठकले १८ देखि २२ वैशाखसम्म चुनावी सभा गर्ने निर्णय गरेको हो ।

संयुक्त स चुनावी सभालाई गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरु प्रधानमन्त्री शेरबहादुर देउवा, प्रचण्ड, माधव नेपाल, उपेन्द्र यादव र दुर्गा पौडेल लगायत बरिष्ठ नेताहरुले सम्बोधन गर्ने छन् ।

‘निर्वाचन प्रचार प्रसार १७ गतेबाट सुरु हुने भएकाले १८ गतेदेखि २२ गतेसम्म बृहत् आमसभा गर्ने निर्णय भएको माओवादी नेता देव गुरुङले जानकारी दिए ।

गठबन्धनले १८ गते सुदूरपश्चिमको धनगढी र कर्णालीको सुर्खेतमा, १९ गते लुम्बिनीको बुटवल र गण्डकीको पोखरामा, २० गते मधेशको जनकपुर र प्रदेश १ को विराटनगर तथा २२ गते वागमतीको काठमाडौंमा संयुक्त आमसभा गर्ने निश्चित गरेको छ ।
हिजोमात्र सत्ता गठबन्धनले महानगरपालिका र उपमहानगरपालिकाको बांडफांट टुंग्याएको थियो । ३दिन भित्र देशभरका पालिकाको बांडफांट टुंग्याउने कोशिश गरिरहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति