विश्व स्वास्थ्य संगठनका महानिर्देशक आज नेपाल आउँदै

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डा।टेड्रोस एडहानोम गेहब्रेयसस आज नेपाल आउँदैछन् ।

उनी तीन दिने भ्रमणका लागि काठमाडौँ आउन लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीका अनुसार टेड्रोस भारत हुँदै नेपाल आउन लागेका हुन् ।

टेड्रोसले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, स्वास्थ्यमन्त्री विरोध खतिवडालगायतसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

कोभिड महामारीमा काम गरेको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र एउटा कुनै प्राथमिक स्वास्थ्य केन्द्रको पनि भ्रमण पनि उनले गर्नेछन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति