गठबन्धन निर्णयको ‘साइड इफेक्ट’ : जसपालाई मेयर दिने निर्णयपछि जनकपुरमा प्रदर्शन

जनकपुर । जनकपुर उपमहानगरपालिकाको मेयर जसपालाई दिने सत्ता गठबन्धनको सहमतिपछि कांग्रेस नेता–कार्यकर्ताले विरोध गरेका छन् ।

कांग्रेस नेता कार्यकर्ताले आज साँझ जनकपुरधामको मुरली चोकमा टायर बालेर पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनका क्रममा उनीहरुले ‘नेपाली कांग्रेस जिन्दावाद, शेरबहादुर देउवा मुर्दावाद, मधेशको दलालसँग गठबन्धन गर्न पाइँदैन’ जस्ता नारा लगाएका छन् ।

नेपाली कांग्रेस नगर समितिका कोषाध्यक्ष वीरेन्द्र यादवको अगुवाइमा प्रदर्शन भएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति