हरेक वर्ष वैशाख ७ मा युवा उत्सव मनाउनेः अध्यक्ष ओली

काठमाडौँ, ७ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हरेक वर्ष वैशाख ७ गते युवा उत्सव मनाउने घोषणा गरेका छन् ।

ललितपुरको गोदावरीमा एमालेद्वारा आयोजित ‘युवासँग म’ कार्यक्रमा उनले हरेक वर्षको वैशाख ७ गते युवा उत्सव मनाउने र युवासँग अन्तरक्रिया गर्ने बताएका हुन् । ‘प्रत्येक वर्षको वैशाख ७ गते युवा उत्सवको रुपमा मनाउने छौं‚’ ओलीले भने, ‘युवाहरूको फिलिङ वा आकांक्षाहरूको सन्दर्भमा कुरा सुन्ने छौैं । त्यस विषयमा दृष्टिकोण पनि प्रस्तुत हुने पहिलो प्रयास हो ।’ हरेकले बोल्न सम्भव नभएको र विभिन्न सेक्टरबाट बोल्ने अवसर पाउने अध्यक्ष ओलीले बताए । ‘युवा विद्यार्थी र संगठन मात्रै नभएर विभिन्न क्षेत्रका युवाको अनुभूतिहरूलाई यसमा समावेश गरिनेछ,’ उनले भने , ‘जैविक र मानवीय आवश्यकताको परिपूर्ति कसरी हुन्छस त्यस विषयमा संक्षिप्तमा चर्चा गर्ने छौं । अन्तरक्रियालाई अघि बढाउने छौं ।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति