कांग्रेसले उत्कृष्ट चुनावी गीतलाई पौने तीन लाख पुरस्कार दिने

काठमाडौँ, ७ बैशाख । नेपाली कांग्रेसले आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरी पार्टीको पक्षमा चुनावी गीत (अडियो–भिडियो) निर्माण गरी प्रचारप्रसार भइरहेका मध्येबाट उत्कृष्टलाई दुई ७५ हजार राशिबाट पुरस्कृत गर्ने भएको छ।

पार्टी प्रवक्ता डा प्रकाशशरण महत संयोजक रहेका स्थानीय तह निर्वाचन केन्द्रिय प्रचार–प्रसार समितिअन्तर्गतको सांस्कृतिक समन्वय उपसमितिले दर्शक, श्रोता तथा छनोट समितिको निर्णयबमोजिम सो पुरस्कार प्रदान गर्ने जनाएको हो। उपसमिति संयोजक डीबी गुरुङले कांग्रेसको पक्षमा चुनावी गीतहरु (अडियो–भिडियो) निर्माण गरी प्रचार–प्रसार भइरहेका गीत फेसबुक म्यासेन्जरमा लिंक गरी पठाउन सम्पूर्ण लोकतन्त्रवादी कलाकारलाई आग्रह गरेका छन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति