एमालेको ‘मेरो देशै एमाले, म त यसै एमाले’ बोलको चुनावी गीत सार्वजनीक (भिडियोसहित)

काठमाडौं, ७ बैशाख । २०७४ को चुनावमा ‘सैं पनि एमाले मै पनि एमाले’ बोलको चुनावी गीत गायकका बद्री पंगेनीले यो पटक पनि केही कलाकारहरूसँगको सहकार्य एमालेको नयाँ चुनावी गीत ‘मेरो देशै एमाले, म त यसै एमाले’ गाएका छन् ।
‘मेरो देशै एमाले, म त यसै एमाले’ बोलको गीतमा बद्रीको अलवा रामजी खाँण, कुलेन्द्र विश्वकर्मा,पूर्णकला बिसी, सुनिता बुढा लगायतले स्वर दिएका छन् ।

गीतको भिडियो समेत तयार भएको छ । भिडियो​मा चर्चित मोडलहरुको अभिनय समेटिएको छ । गीत सैं पनि एमाले जत्तिकै लोकप्रिय हुने दावी गरिएको छ । सुजन लम्सालको शब्द र परिकल्पनामा आएको सो गीतमा राजु गुरुङ,गंगा पुन,भिमु गुरुङ,लक्ष्मी खड्का,माया पर्दे,डोलराज मगर,प्रसाद लामिछाने लगायतको स्वर पनि समावेश छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति