अर्थमन्त्री शर्मालाई पदबाट ‘राजीनामा’ दिन कांग्रेस महामन्त्री शर्माको आग्रह

काठमडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अर्थमन्त्री जनार्दन शर्मालाईलाई पदबाट राजीनामाका लागि घुमाउरो शैलीमा आग्रह गरेका छन् ।

सर्वोच्च अदालतले गभर्नर महाप्रसाद अधिकारीलाई काम गर्न दिन मंगलबार अन्तरिम आदेश दिएको भोलिपल्ट महामन्त्री शर्माले अर्थमन्त्री शर्मा लक्षित ट्वीट गर्दै राजीनामाका लागि दवाव दिएका हुन् ।

आफूले हटाएका गभर्नर तिलक रावललाई सर्वोच्च अदालतले पुनर्बहाली गराएपछि तत्कालीन अर्थमन्त्री महेश आचार्यले नैतिकताका आधारमा पदबाट राजीनामा दिएको प्रसंगलाई महामन्त्री शर्माले स्मरण गरेका छन् ।

सोही नजिरको स्मरण गर्दै महामन्त्री शर्माले वर्तमान अर्थमन्त्री शर्माले पनि सोही बाटो अवलम्बन गर्नु उचित हुने संकेत गरेका छन् ।

महामन्त्री शर्माले ट्वीट गरेका छन्, ‘नैतिक मूल्यको प्रस्तुतिलेनै सुन्दर बन्दै जान्छ राजनीति । समयले सम्झना गरिरहेको छ कांग्रेस नेता महेश आचार्यलाई, जसले आफ्नो प्रस्तावमा सरकारले गरेको गभर्नर बिदाइको निर्णय अदालतले उल्ट्याएपछि अर्थमन्त्रीबाट राजीनामा दिनुभयो ।’

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board