गभर्नरसम्बन्धी आदेश : २०५७ मा यस्तै कारणले महेश आचार्यको राजीनामा, अव जनार्दनलले राजीनामा गर्नुको विकल्प छैन : विज्ञ

काठमाडौं, ६ बैशाख / नेपाल राष्ट्र बैंकको स्वयत्ततालाई जोगाउँदै सर्वोच्च अदालतले गभर्नर महाप्रसाद अधिकारीले हालेको रिटमा अल्पकालीन अन्तरिम आदेश दिएको छ । यो आदेशले ंअर्थमन्त्री जनार्दन शर्मालाई बहिर्गमनको बाटो देखाइदिएको छ ।
अर्थमन्त्री जनार्दन शर्माको प्रस्तावमा २४ चैतममा मन्त्रिपरिषद् बैठकले गभर्नर महाप्रसाद अधिकारीले बदनियतपूर्वक काम गरेको कथित आरोप लगाउँदै छानबिन समिति गठन गरेको थियो । त्यो ससमित बन्न नपाउंदै विवादमा परेको छ । । निलम्बनमा पारिएका अधिकारीले ४ वैशाखमा सरकारले गरेको छानबिनको निर्णय खारेजको माग लिएर अदालत पुगेका थिए । अदालतले मंगलवार अन्तरिम कालीन आदेश दिंदै गर्भनरलाई पनर्वहाली गरिदिएको छ ।
पुरानो नसिजर
२०५७ सालमा प्रधानमन्त्री कृष्ण्प्रससमख भट्टराईा तत्कालीन अर्थमन्त्री महेश आचार्यको प्रस्तावमा तत्कालीन गर्भनर डा. तिलक रावलाई निलम्बन गरिएको थियो ।
तर, सर्वोच्च अदालतले उनको पुनस्बहाली गरेपछि महेश आचार्यले नैतिकाताका आधारमा राजीनामा गरेका थिए । ंआचार्य गभर्नर नियुक्ति गर्ने क्रममा अर्थमन्त्री नै थिए । उनले रावलको नाममा सहमति जनाएनन् । तर, तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले रावलको नाममा अड्डी कसेपछि त्यही बेला आचार्यले राजीनामा दिएका थिए ।

भट्टराईलाई विस्थापित गरेर गिरिजाप्रसाद कोइराला प्रम बनेपछि फेरि आचार्य अर्थमन्त्री बनेर आए । उनको प्रस्तावमा गभर्नरलाई हटाउने निर्णय गरिएकोमा सर्वोच्चले पुनःबहाली गरेपछि उनले राजीनामा दिएका थिए ।
अहिले जनार्दनको प्रस्तावमा अधिकारीलाई निलम्बन गरिएको थियो । अदालतले अल्पकालीन अन्तरिम आदेश दिँदै उनीमाथि कुनै कारवाही नगर्न भनेपछि अर्थमन्त्रीमाथि राजीनामा दिनु नैतिक कर्तव्य बन्न गएको छ ।
राष्ट्र बैंकका पूर्व गभर्नर डा. चिरञ्जीवी नेपाल कारवाही भोगेको गभर्नर र कारवाही गरेको अर्थमन्त्री एकै ठाउमा बसेर काम गर्दा थप तनाव बढ्ने र परिणाममुखी काम ननिसक्ने भन्दै अर्थमन्त्रीले राजीनामा गर्नु उपयुक्त हुने सुझाव दिएका छन् ।

त्यसो त जे पनि जसरी पनि धन थुपार्ने उद्धेश्यका साथ अर्थमन्त्री बनेका शर्मा सहजै हट्ने पक्षमा नभएको एक माओवादी नेताले बताए । ती नेताका अनुसार अर्थमन्त्री शर्माले हुने नहुने सवै काम गर्नकालागि नै अर्थ मन्त्रालय रोजेका हुन् ।उनका एकजना भट्ट थरका विचौलियाको इशारामा सबै खाले धन्दा गर्दै आएका छन् । भट्टलाई देशको सवैभन्दा ठूले धनी व्यापारी बनाएर मात्र अर्थमन्त्री शर्मा ले विश्रामलिने बताउंदै आएका छन् । उच्च राजनीतिक स्रोतले बताए अनुसार माओवादी अधयक्ष प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवा अव शर्मालाई अर्थमन्त्रालयमा राख्ने पक्षमा छैनन् । तर शर्माले देउवालाई भन्दा भाउजुलाई बढी रिझाएका कारण निरन्तरता पाउनेमा बढी आशावादी बनेको उनको पारिवारिक स्रोतले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति