साझा पेट्रोल पम्पभित्र आगलागी, ‘ठूलो क्षति हुनबाट जोगियो’

ललितपुर, ६ बैशाख । ललितपुरको पुल्चोकमा रहेको साझा पेट्रोल पम्पभित्र ट्याङ्करमा आगलागी भएको छ । आगो लाग्नेबित्तिकै ललितपुरको दमकल पुगेर आगो निभाएको छ ।

इन्धन अनलोड गर्ने क्रममा ट्याङ्करमा आगो लागेको थियो । आगो तत्कालै निभाइएकाले ठूलो क्षति हुनबाट जोगिएको महानगरीय प्रहरी परिसर जावलाखेलले जनाएको छ । आगलागीका कारण पम्पमा तेल हाल्न पुगेका एक जना ग्राहक सामान्य घाइते भएका प्रहरीले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति