रामचन्द्र पौडेललाई शेरबाहादुरले भने हरेक कुरामा भागबण्डा किन खोज्नुहुन्छ

काठमान्डौ बैशाख ६,

नेविसंघको ५३ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै नेपाली कंग्रेसका शेरबाहादुर देउवाले आफूले पार्टीलाई सत्तामा ल्याएर निर्वाचनमा होमिएको बताएका छन् । अहिले हरेक प्रदेशमा नेपाली कांग्रेस सरकारमा सहभागी रहेको उनले जनाए ।

पार्टीभित्र हरेक क्षेत्रमा भागबण्डा नखोज्न वरिष्ठ नेता रामचन्द्र पौडेलललाई उनले आग्रह पनि गरे । ‘हरेक कुरामा भागबण्डा किन खोज्नुहुन्छ । निर्वाचन गरेर स्वस्थ्य प्रतिस्पर्धा गरेर अघि बढौं । जसले जित्छ त्यसैले नेतृत्व लिन्छ,’ देउवाले भने ।

नेविसंघका नेताहरूलाई पढाईमा पनि अब्बल हुन पनि उनले निर्देशन दिए । ‘अत्यन्तै प्रतिस्पर्धाको जमाना आयो । पढाईमा फेल हुने, अनि नेता बन्ने । यसरी कसरी देश हाक्न सक्नुहुन्छ देउवाले भने ।

अब देश नेविसंघको हातमा आइसकेको भन्दै उनले देश हाक्ने तयारी गर्न निर्देशन दिदै ‘ मनमुटाव र असमझदारीलाई बिर्सन पनि आग्रह गरे । ’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति