लुम्बिनी प्रदेशमा चारजना बिरुद्ध भ्रष्टाचारका मुद्दा

६ वैशाख, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लुम्बिनी प्रदेश बुटवलका तत्कालीन प्रदेश सचिव बैकुण्ठ अधिकारीसहित चार जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले लुम्बिनी प्रदेश बुटवल, रुपन्देहीका तत्कालीन प्रदेश सचिव बैकुण्ठ अधिकारी, महाशाखा प्रमुख श्रीधर ज्ञवाली र आधुनिक कृषि किसान संसार संस्थाका प्रबन्ध निर्देशकविरुद्ध मुद्दा दायर गरेको छ ।

उनीहरुविरुद्ध ४३ लाख ३७ हजार ५०० रुपैयाँ माग दावी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

उनीहरुविरुद्ध कृषि यान्त्रिकरण कार्यक्रममा मिनि टिलरको झुट्ठा बिल भरपाई बनाईरदोहोरो बिलको भुक्तानी लिनेरदिने कार्य गरेको, त्यसैगरी सम्झौता अनुसारको इन्जिन क्षमताको मिनि टिलर खरिद नगरी कम इन्जिन क्षमताको मिनिटिलर खरिद गर्ने गराउने कार्य गरी प्रदेश सरकारलाई गैरकानूनी हानि पुर्‍याएको भन्‍दै भन्दै उजुरी परेको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति