काठमान्डौ बैशाख ६,
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले पर्यटक भिसामा दुबई जान लागेका ब्रिटिस कलेजका ४६ जना विद्यार्थीलाई फिर्ता गरेको छ । अध्यागमनले ब्रिटिस कलेजका विद्यार्थीलाई ‘शंकास्पद यात्रा’ भन्दै प्रस्थान अनुमति नदिइ फर्काइदिएको हो ।उनीहरु मंगलबार बिहान दुबई जान अन्तराष्ट्रिय विमानस्थल पुगेका थिए। शिक्षा तथा प्रविधि मन्त्रालयको सिफारिस र अध्यागमन विभागको पूर्व स्वीकृति नभएकाले विमानस्थलस्थित अध्यागमन कार्यालयले उनीहरुलाई प्रस्थान अनुमति नदिएको हो ।
अध्यागमनले प्रस्थान अनुमति नदिएपछि उनीहरु त्यहीँबाट फर्किएका थिए ।
विमानस्थलस्थित अध्यागमन कार्यालयले मानव तस्करको जालो तोडन भिजिट भिसाको औचित्य पेस गर्न नसकेका यात्रुहरुलाई रोक लगाउँदै आएको छ । केही मुलुकमा मानव तस्करहरुले भिजिट भिसामा नेपालीहरुलाई पुर्याएर अलपत्र पारेको भन्दै गृह मन्त्रालयले कडाइ गरेको हो।
प्रतिक्रिया