हामी विद्रोही हौँ, अपमान सहन जन्मिएका होइनौँ – माधव नेपाल

काठमाडौं, ५ बैशाख । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धनको भागबण्डामा आफूहरूलाई अपमान गर्न खोजिएको भन्दै कुनै पनि पक्षबाट हुने अपमान सैह्य नहुने बताएका छन् ।

नेकपा गौरवशालीसँग पार्टी एकता घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफूहरू अपमान सहन नसकेर विद्रोह गरेका शक्ति भएकाले आफूहरूको शक्तिलाई कम नआँक्न चेतावनी दिए ।

नेपालले भने– हामी अपमान सहन जन्मिएका होइनौँ,अपमानका विरुद्ध विद्रोह गरेका शक्ति हौँ । हामी हाम्रो शक्तिको अति मूल्याङ्कन गर्दैनौँ तर अवमूल्यन गर्न पनि पाइँदैन ।नेपालले सात महिनामै नेकपा एसले मेची देखि महाकालीसम्म जनलहर सिर्जना गरेको बताए । उनले सत्ता गठबन्धनमा चुनावी तालमेल हुने भन्दै भागबण्डा हैसियत अनुसार नै हुने बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति