हाल ४६ जिल्लाकाे ९५ लाख २५ हजार मतपत्र छापियोः आयोग

काठमाण्डौ, ५ बैशाख । निर्वाचन आयोगले पालिका चुनावका लागि आज सोमवारसम्म ४६ जिल्लाका लागि ९५ लाख २५ हजार थान मतपत्र छापिसकेको जनाएको छ ।

नियमित पत्रकार सम्मेलन अन्तर्गत आज सोमवारको कार्यक्रममा आयोगका प्रवक्ता पौडेलले एक करोड ९४ लाख थान मतपत्र आवश्यक पर्नेमा अहिलेसम्म त्यो परिणाममा मतपत्र छापिसकिएको बताए । यसैबीच निर्वाचन आयोगले भोलि मङ्गलवार (वैशाख ६ गते) राष्ट्रिय सञ्चारमाध्यमका चुनावसम्बन्धी रिर्पोटिङ गर्ने समाचारदाता र फोटो पत्रकारहरूसँग अन्तरक्रिया गर्ने भएको छ । यसअघि आयोगले प्रदेशस्तरीय मिडिया अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिसकेको छ । त्यसैगरी आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालयले प्रयोग गर्ने साइन बोर्ड, लेटर प्याड र छापको नमुना प्रदेश निर्वाचन कार्यालय र जिल्ला निर्वाचन कार्यालयमार्फत पठाउन पनि पत्राचार गरेको छ । साइन बोर्ड, लेटर प्याड र छाप सबै मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालयमा एकरूपता ल्याउनका लागि ती सबैको नमुना पठाउन निर्देशन दिइएको आयोगका प्रवक्ता पौडेलले बताए । यस्तै आयोगले स्थानीय तह निर्वाचन आचारसंहिता उल्लङ्घन भएको भन्ने समाचार र सूचनाको आधारमा विभिन्न राजनीतिक दल र सम्बन्धित नेतासँग चित्तबुझ्दो जवाफ पेस गर्न पत्राचार गरेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति