हेलम्बुका बाढीपीडितलाई घर हस्तान्तरण

काठमाडौं, ५ बैशाख । हिमालयन फाउन्डेसन कर्प,न्युओर्क एण्ड क्यालिफोर्नियाले सिन्धुपाल्चोक,हेलम्बु गाउँ पालिकाका बाढी–पहिरो पीडित परिवारलाई अस्थायी आवास उपलब्ध गराएको छ । फाउन्डेसनले आइतबार हेलम्बुको पाल्चोकमा एक कार्यक्रममा बीच पहिलो घर हस्तान्तरण गरेको हो ।

अमेरिकाको मेरिल्याण्ड राज्यका पहिलो नेपालीमुल बिधायक डा.ह्यारी भण्डारीको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा डा.भण्डारीसहित फाउन्डेसनका संस्थापक यज्ञलाल श्रेष्ठ,शस्त्र प्रहरीका पूर्व आइजीपी शैलेन्द्रकुमार श्रेष्ठ,पूर्व डिआइजी केबि ब्रम्हचार्य,बरिष्ट फिल्म निर्देशक नारायण पुरी,बरिष्ट संचारकर्मी भुषण दाहाल,प्रोफेसर प्रकाश खड्गी,लायन्स क्लवका पूर्व अध्यक्ष दिकेन्द्र मास्कलेलगायतले संयुक्त रुपमा बाढीपीडित रामबहादुर भारतीलाई नवनिर्मित घरको चावी सुम्पीएका थिए । गत असार र साउनमा आएको भीषण बाढीपहिरोले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकामा जनधनको ठूलो क्षति पुर्याएको थियो । बगरमा परिणत उक्त स्थानका पीडितलाई सहयोग गर्ने उद्धेश्यले आफ्नो सामाजीक संस्था हिमालयन फाउन्डेसनमार्फत संस्थापक यज्ञलाल अघि सरेका थिए । उनले गत कार्तिक २४ गते हेलम्बु गाउँपालिकासँग बाढीपीडितका लागि आफ्नो फाउन्डेसनमार्फत १० वटा घर निर्माण गरिदिने सम्झौता गरेका थिए । सोही बमोजीम घरहरु बन्दै गरेको र हाल नेपाल आएको अबसरमा बस्नका लागि तयार भएको एउटा घर हस्तान्तरण गरिएको उनले बताए । ‘आफू जन्मे,हुर्किएको ठाउँमा बिपत्ति परेको मैले हेरेर बस्न सकिनँ,’ यज्ञलालले भने, ‘आफ्नो तर्फबाट जति सकिन्छ, सहयोग गरौं भनेर पीडितका लागि घर निर्माण थालेका हौं । बाँकी घरहरु छिट्टै पूरा हुनेछन् । भबिष्यमा पनि हाम्रो सहयोग जारी रहनेछ ।’ सन् २००६ मा स्थापना भएको हिमालय फाउन्डेसन कर्पमार्फत यज्ञलालले थुप्रै समाजीक कार्य गरेका छन् । उनले क्यालिफोर्नीयामा नेपाली कम्युनीटी सेन्टर निर्माणका लागि नेपालबाट अन्जु पन्त,राजु लामाजस्ता चर्चित कलाकारलाई लगेर कन्सर्ट गर्नुका साथै पोखरामा बालबालिकाका लागि कराँते भवन निर्माण तथा आफू पढेको सिन्धुपाल्चोकको स्कुललाई कम्प्युटर,लाइब्रेरी तथा सिसिटिभीको ब्यबस्था गर्नेजस्ता थुप्रै काम गरेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति