दिल्ली क्यापिटल्सका थप २ जनामा कोरोना, आउँदो खेल अन्योल

काठमाण्डौ, ५ बैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको टिम दिल्ली क्यापिटल्सका थप दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

यसअघि एक जनामा सङ्क्रमण देखिएकोमा आज थप एक जना विदेशी खेलाडीसहित दुई जनामा सङ्क्रमण पुष्टि भएको क्रिक इन्फोले जनाएको छ । दिल्लीको अर्को खेल पर्सि बुधवार पुनेमा पन्जाबसँग हुने तालिका रहेको छ । तालिकाअनुसार दिल्ली आजै पुने जानुपर्नेमा कोरोनाकै कारण सबै खेलाडी होटलको क्वरेन्टीनमा बसेका छन् । टोलीका सबै खेलाडी, अफिसियल, सहयोगीलगायत सबैमा कोरोना परीक्षण गरेपछि खेल रद्द हुनेरनहुने निर्णय हुनेछ । कोरोना महामारीकै कारण आईपीएलका पछिल्ला दुई वटा संस्करण प्रभावित भएका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति