महासंकटमा पनि अविच्छिन्न उभिएको काठमाडौं मेरियटको ३ वर्षे यात्रा

काठमाडौं । सन् २०१९ को अन्त्यतिर चीनको वुहान प्रान्तमा एउटा अचम्मको भाइरस देखियो, नोबेल कोरोना भाइरस अर्थात् कोभिड–१९ । यसको कुनै ठोस ओखति नहुँदा त्यहाँका हजारौं जनसाधारणले ज्यान गुमाए । चीनबाट सुरु भएको कोभिड, युरोप हुँदै विश्वयात्रामा निस्कियो ।

त्यसको प्रभाव भारत–नेपालमा नपर्ने कुनै भएन । विभिन्न देशले सतर्कता अपनाउँदै यसअघि कहिल्यै नसुनिएको ‘लकडाउन’ नीति अपनाए । भारतले आंशिक लकडाउन सुरु गर्यो । अन्ततः नेपाल पनि २०७६ चैत ११ गतेदेखि लकडाउनमा गयो । नेपालजस्तो सानो मुलुकको के कुरा, विश्वका ठुल्ठूला देशमा आर्थिक क्रियाकलाप बन्द गए । हवाई सेवादेखि, सार्वजनिक यातायात, औद्योगिक कलकारखाना, हाटबजार, ठप्प भए । मानिसहरुको हिँडडुल बन्द भयो । कुनै देशमा निश्चित मापदण्ड जारी गरी आंशिक वा पूर्णरुपमा बन्द गरे । नेपालमा भने पूरै ठप्प भयो ।

तर, यस्तो अवधिमा पनि नक्सालस्थित काठमाडौं मेरियट भने बन्द भएन । कोभिड सुरु हुनुभन्दा ४ महिनाअघि खुलेको होटलले ग्राहकसँग फेस गर्नुपर्ने थियो । तर, भइदियो उल्टो । कोभिडसँग पो जुध्नुपर्यो । ‘कोभिडअघि साथीहरुले फोन गरेर एउटा रुम भन्देऊ, मिलाइदेऊ न भन्थे’, काठमाडौं मेरियटका सञ्चालक शशिकान्त अग्रवाल भन्छन्, ‘कतिलाई त मिलाइदिन्थें पनि । तर, कतिलाई मन नलागी–नलागी ‘सरी’ भन्नुपथ्र्यो । अग्रवालका अनुसार कोभिडपछिको ३ वर्षजस्तो समय व्यापार÷व्यवसाय चलेन । यो समय उनी र होटलका लागि निकै उतारचढावपूर्ण रह्यो । यस्तो सायद यसअघि कहिल्यै भएको थिएन । कोभिडअघि कोठा नै नपाउने स्थिति थियो भने कोभिडपछि शून्य नै हुने दिन आए । ‘३ वर्षअघिको अक्टोबरसम्म कोठा नै पाउँदैनथ्यो’, त्यो समय सम्झँदै अग्रवाल भन्छन्, ‘जब कोभिड आयो कहिले ५, कहिले २ वटा कोठा बुक हुन थाले ।दिनप्रतिदिन कोरोना भाइरस विश्वभर फैलिँरहँदा ज्यान गुमाउनेहरु पनि बढ्दै गए । थुप्रै देशले सीमानाका बन्द गरे । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानहरु क्यान्सिल भए । नेपालमा भएका अमेरिका, चाइना, श्रीलंका आदि देशका पर्यटक कहाँ जाने ? निकै अन्योल भयो । त्यस्तो विषम परिस्थितिमा पनि मेरियट ठाडो गरी उभियो । कहिल्यै होटल बन्द भएन ।‘हामीले नेपाल सरकारले जारी गरेको स्वास्थ्य प्रोटोकल पालन गरी, कोभिड टेस्ट गराई होटलमा आउने पर्यटकलाई राख्यौं’, एउटा भयावह समय सम्झँदै अग्रवाल भन्छन्, ‘जुन इकोनोमिको हिसाबले त्यो सरासर घाटा थियो ।’अग्रवालका अनुसार मेरियट चल्नुमा यसको चेनले सहयोग गर्यो, राहत दियो ।

‘यस्तो संकटबीच होटल चल्दा घाटाको तथ्यांक पनि त होला ? ‘घाटाको यकिन तथ्यांक छैन’, अग्रवाल यसलाई प्रस्ट्याउँछन्, ‘तर, पनि होटलले आफ्नो मिनिमम स्ट्यान्डर्ड पालना गर्नैपर्यो । मानौं, ४ वटा कोठा छन् भने लबीमा म्यानेजर राख्नैपर्यो, किचनमा २ सेफ, हाउसकिपिङ राख्नैपर्यो । इन्जिनियरिङ डिभिजन राख्नैपर्यो ।साथै कुनै ग्राहकले दिन होस् या रात, उपलब्ध भएका आइटमध्ये कुनै कुरा खान अर्डर गर्छ भने त्यसको क्वालिटी मेन्टेन गर्नैपर्ने हुन्छ । ब्रान्ड आफ्नो ठाउँमा छ, २४ घण्टा रुम सर्भिस गर्नैपर्छ । यस्तो गर्न नसकेको खण्डमा सीधै होटल बन्द गरिदिए हुन्छ ।’ इन्टरनेसनल चेन ब्रान्ड भएकाले पनि मेरियट अविच्छिन्न चलिरह्यो । ४ जना गेस्टका लागि १ सिफ्टमा करिब २५÷३० जना स्टाफ निरन्तर राख्यो । यसरी हेर्दा कति नै रेभिन्यु हुन्छ र? झन् सबै होटल खाली भएकाले रेभिन्यु पनि सस्तो थियो । यति ठूलो लसमा पनि उनले होटल चलाइराखे । ‘ब्याज, डिप्रिसिएन त आफ्नो ठाउँमा छँदैछ, साथै अपेरेटिङमै पनि ठूलो लस व्यहोरिरह्यौं’, उनले सुनाए । कोभिडपछि एउटा पनि रुम नलागेको भन्न मिल्दैन । फाट्टफुट्ट लागिरहे । तर, यति ठूलो लगानीको होलटमा २÷४ वटा रुम लाग्नुलाई के लागेको भन्नु? फेरि २÷४ वटा कोठाका लागि किन होटल चालू राखेको ? पनि भन्लान् कतिले । कुरा त्यसो होइन । मेरियट ब्रान्ड र गुडविलका हिसाबले नै निरन्तरता दिएको अग्रवालको भनाइ छ ।

होटल बन्द भएन, चल्यो रे , तर, कसरी ? एक जनाले मात्रै त चल्दैन भन्ने जिज्ञासा यो पढिरहँदा तपाईंहरुलाई लाग्न सक्छ, लाग्नु पनि पर्छ । अब यही कुरालाई अग्रवालको कुरासँग जोडौं । उनी भन्छन्, ‘यसरी होटल निरन्तर चल्नुमा स्टाफको निकै ठूलो सहयोग छ । उनीहरुसँग सहमति गरेरै महिनामा १० दिन काम गर्ने, त्यो अवधिको तलब पाउने र बाँकी २० दिन घर बस्ने सम्झौता भएको थियो । स्टाफले पनि कुरा बुझिदिए । यसले गर्दा बन्द नगर्ने थप ऊर्जा मिल्यो ।’

यो संकटपूर्ण समय झेल्दै, नेपाली बजारमा संघर्ष गर्दै हाल मेरियट सञ्चालनमा आएको ३ वर्ष पुगिसकेको छ । सबै क्षेत्रलाई सताइरहेको कोभिडको दुःखायी परिणामलाई भुल्ने हो भने मेरियटले सुखद परिणाम दिइरहेको छ, यसमा शंका छैन ।‘विषम परिस्थितिमा पनि जारी राखेको सर्भिस र इन्टरनेसनल ब्रान्ड भएकाले पनि होटल मेरियट प्रमुख गन्तव्यमध्येको एक बनेको छ । यो सुनाइरहँदा मलाई खुसी लाग्छ’, अग्रवाल कुराकानीको बिट मार्ने क्रममा मुस्कुराउँदै भन्छन्, ‘हाम्रा स्वदेशी/विदेशी पाहुनाहरुको साथ, सहयोग र सद्भाव हामीले पाइराखेका छौं यसले गर्दा पनि हामीलाई थप ऊर्जा दिएको छ । फरेनर्स, डिप्लोम्याट, एम्बासडरहरुले यसलाई प्याट्रोनाइज गरेका छन् । यसमा लोकेसनले पनि महत्वपूर्ण भूमिका खेलेको छ । धेरै ठाउँबाट यहाँ आउन सकिन्छ । एयरपोर्ट पनि नजिक भएकाले प्रायःको गन्तव्य मेरियट बनिरहेको छ । धेरैको चाहना यही“ आउन पाए हुन्थ्योजस्तो मैले बुझेको छु ।’

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board