स्थानीय तहको निर्वाचनबारे प्रचण्डले पत्रकार सम्मेलन गर्दै

काठमाडौं, ५ बैशाख । स्थानीय तहको निर्वाचनबारे नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पत्रकार सम्मेलन गर्ने भएका छन् ।

माओवादी केन्द्रको केन्द्रीय प्रचार तथा प्रकाशन विभागका अनुसार सोमबार दिउँसो १ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन हुन लागेको हो ।

प्रचण्डले स्थानीय तहको निर्वाचनलाई लिएर पार्टीको तयारी, पाँच दलीय गठबन्धनमा भइरहेको तालमेल लगायतका विषयमा जानकारी गराउने उनको सचिवालयले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति