बिस्का जात्राको आठौँ दिन आज भक्तपुरमा द्यो स्वगं पूजा गरियाे

भादगाउँ, ४ वैशाख । बिस्का जात्राको आठौँ दिन आज भक्तपुरमा द्यो स्वगं पूजा (सगुन पुजा) धुमधामका साथ मनाइएको छ । आज बिहानैदेखि परम्परागत बाजागाजा धिमेबाजा, बाँसुरी बाजा र भजन खलःहरूले नगरका शक्तिपीठ तथा विभिन्न देवीदेवताको परिक्रमा गरी सगुन जात्रा मनाइएको हो ।

बिस्का जात्राको आठौँ दिन द्यो स्वगं पूजा (भगवानकाे सगुन पुजा) का अवसरमा आइतबार भोज चढाउँदै स्थानीय भक्तजन ।

जात्राका क्रममा स्थानीय महिला तथा पुरुष परम्परागत नेवारी पोशाक हाकु पटासी र दाउरा सुरुवालमा सजिएर जात्रामा सहभागी भएका थिए । देवीदेवतालाई सगुन पूजा गर्न आआफ्ना द्योःछें (देवता घर) बाट निकाली चोक तथा डबलीमा राखिएको थियो । जात्राका क्रममा सहभागीले देवीदेवतालाई आआफ्ना गच्छेअनुसारका परिकार चढाएका थिए । यो पूजा प्राचीनकालदेखि नै सञ्चालन हुँदै आएको इतिहासमा उल्लेख रहेको पाइन्छ । बिस्का जात्राका क्रममा बिघ्नबाधा वा केही भुलचुक भए क्षमा पाउँ भन्ने उद्देश्यका साथ शक्तिशाली देवीदेवताको पूजा गर्ने प्रचलनलाई सगुन पुजाका रूपमा लिने गरिएको भाषा वंशावलीमा समेत उल्लेख रहेको पाइएको संस्कृतिविद् ओम धौभडेलले जानकारी दिए ।

बिस्का जात्राको आठौँ दिन द्यो स्वगं पूजा (भगवानकाे सगुन पुजा) का अवसरमा परम्परागत पोशाकमा सजिएर बाँसुरी बजाइ नगर परिक्रमा गर्दै बाँसुरी खलः।
देवतालाई सगुन दिन हाकुपटासीमा सजिएका महिला भक्तपुरको ऐतिहासिक बिस्का जात्राका क्रममा आइतबार द्यःसँग विईगु (देवतालाई सगुन दिने) कार्यक्रममा तःमारी (न्यातपोल परिसर)मा हाकुपटासीमा सजिएका स्थानीय महिला सहभागी ।
न्यातपोल परिसरमा विदेशी पर्यटक भक्तपुरको ऐतिहासिक बिस्का जात्राका क्रममा द्यःसँग विईगु (देवतालाई सगुन दिने) कार्यक्रममा तःमारी (न्यातपोल परिसर)मा अवलोकन गर्न बसेका विदेशी पर्यटक ।
  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति