समृद्धि र ए टु जेट अनलाइन बीच सम्झौता

काठमाडाै, ४ बैशाख । समृद्धि फाइनान्स कम्पनी लिमिटेड र ए टु जेट अनलाइन बजार बिच सम्झौता वैशाख ४ गते सम्झाैता भएको छ ।

यो सम्झौतापछी फाइनान्सका ग्राहकहरुले ए टु जेट अनलाइन बजारबाट सामग्रीहरु जस्तै ल्याबटप, मोबाइल, टिभी र अन्य इलेक्ट्रोनिक्स सामानहरु खरिद गर्दा अधिकतम २० हजार सम्म वा १२.५ प्रतिशत सम्म छुट पाउनेछन । उक्त सुविधा मोबाइल बैङ्किक, डेबिट कार्ड, कनेक्ट आइपिएस, नेपाल पे क्युआर कोड प्रयोग गरि उक्त छुट प्रदान गरिने संस्थाका व्यवसाय प्रवद्र्धन विकासका अधिकृत सुरज कुमार सर्राफले जानकारी गराएका छन् । फाइनान्सले मुद्धति निक्षेपमा सर्वाधिक १२.२५%, र बचत निक्षेपमा अधित्तम १०% सहित आर्कषक व्याजदर सहितका विभिन्न बचत खाताहरु समेत संचालनमा ल्याएको छ । फाइनान्सले हाल पाँच ओटा शाखाबाट सेवा प्रवाह गर्दै आएको र शाखा सञ्जाल विस्तार गर्दै चाँडै नै जनकपुर, इटहरी र बनेपामा पनि शाखा सञ्चालन हुने जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति