पर्साका सबै पालिकामा कांग्रेस र जसपाबीच ‘मित्रवत प्रतिस्पर्धा’ गर्ने सहमति

वीरगञ्ज, ४ बैशाख । ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा पर्सा जिल्लामा सत्तारुढ गठबन्धनमा रहेका दलहरु नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) ले ‘मित्रवत प्रतिस्पर्धा’ गर्ने निर्णय गरेका छन् ।

शनिबार कांग्रेस र जसपाका नेताहरुबीच भएको छलफलले जिल्लाका १४ वटै स्थानीय तहमा प्रतिस्पर्धा गर्ने निर्णय गरेको हो ।कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्री र जनता समाजवादी पार्टी पर्साका अध्यक्ष राम नरेश यादवले संयुक्त प्रेस विज्ञप्ति जारी गरी आपसमा प्रतिस्पर्धाको निर्णय भएको जानकारी दिएका छन् ।

‘स्थानीय नेता र कार्यकर्ताहरुको मनोभावनाको कदर गर्दै हामी दुवै दल छुट्टाछुट्टै १४ वटै स्थानीय तहमा मित्रवत प्रतिश्पर्धा गर्न सहमत भएका छौं’ विज्ञप्तिमा भनिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति