गठबन्धनमा आबद्ध राजमो विभाजित, घोराही उपमहानगरमा विद्रोही पक्षको उम्मेदवार घोषणा


काठमाडौं, ४ बैशाख । सत्ता गठबन्धनमा आबद्ध नेकपा मसालको चुनावी मोर्चा राष्ट्रिय जनमोर्चाको विद्रोही समूहले अलग्गै उम्मेदवारी घोषणा गरेको छ ।

मोहन विक्रम सिंह र चित्र बहादुर केसीसँग असहमत पक्ष सम्मिलित केन्द्रीय समन्वय समिति आबद्ध जनमोर्चाले घोराही उपमहानगरपालिकामा मेयर र उपमेयरका उम्मेदवार घोषणा गरेको हो ।सो समूहले मेयरमा लीलाबहादुर पुन (लाल ध्वज) र उपमेयरमा बसन्ता भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

राष्ट्रिय जनमोर्चाको संस्थापन पक्ष भने पाँच दलीय गठबन्धनमा छ । बागलुङ,प्युठान,दाङ लगायतका जिल्लामा राष्ट्रिय जनमोर्चाको विद्रोही पक्षले अलग्गै चुनाव लड्ने तयारी गरेको छ । बागलुङमा संस्थापनभन्दा बलियो रहेको सो समूहले एमालेसँग पनि छलफल गरिरहेको छ ।अहिलेसम्म विद्रोही पक्षले पार्टी विभाजन गरेको छैन ।उनीहरूले समानान्तर कमिटीहरू गठन गरिरहेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति