कांग्रेसले पार्टीको उत्कृष्ट चुनावी गीतलाई २ लाख ७५ हजार दिने

काठमाडौं, २ वैशाख । नेपाली कांग्रेसले पार्टीको पक्षमा ल्याइने उत्कृष्ट चुनावी गीतलाई पुरस्कृत गर्ने भएको छ। प्रवक्ता डा। प्रकाशशरण महत संयोजकत्वको ‘स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार–प्रसार समिति’ अन्तर्गतको सांस्कृतिक समन्वय उपसमितिले उत्कृष्ट चुनावी गीतलाई पुरस्कृत गर्ने भएको हो।

उपसमिति संयोजक डीबी गुरुङले शुक्रबार प्रेस विज्ञप्ति जारी गरेर पार्टीको पक्षमा बजारमा ल्याइने उत्कृष्ट चुनावी गीत (अडियो(भिडियो) लाई २ लाख ७५ हजार रुपैयाँ बराबरको पुरस्कार दिइने जनाएका छन्। ‘निर्माण गरी प्रचार–प्रसार भइरहेको गीत नेपाली कांग्रेस केन्द्रीय प्रचार–प्रसार सांस्कृतिक समन्वय उपसमितिको फेसबुक म्यासेन्जरमा लिंक गरी पठाइदिनुभएमा दर्शक, श्रोता तथा छनोट समितिको निर्णय बमोजिम पार्टीको पक्षमा तयार पारिएको उत्कृष्ट गीतलाई २,७५ ००० धनराशीबाट पुरस्कृत गरिने व्यहोरा सम्पूर्ण लोकतन्त्रवादी कलाकारहरुमा जानकारी गराउँदछु,’ विज्ञप्तिमा भनिएको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति