अछाममा माओवादी केन्द्रका सहइन्चार्ज एमालेमा प्रवेश

धनगढी, १ वैशाख । अछाममा नेकपा माओवादी केन्द्रका जिल्ला सहइन्चार्ज लोकबहादुर साउद नेकपा एमालेमा प्रवेश गरेका छन् ।

माओवादीको सुदूरपश्चिम प्रदेश कमिटी सदस्य तथा बान्नीगढी जयगढ गाउँपालिकाका उपाध्यक्षसमेत रहेका साउद एमालेमा प्रवेश गरेका हुन् ।

बान्नीगढी जयगढमा आयोजित कार्यक्रममा साउदसँगै प्रवेश गरेका नेता तथा कार्यकर्ताहरुलाई एमालेका केन्द्रीय सदस्य तथा अछाम जिल्ला इन्चार्ज झपटबहादुर बोहराले स्वागत गरेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति