यातायात व्यवसायी महासंघको अध्यक्षमा विजय स्वाँर निर्वाचित


काठमाडौं, ३० चैत्र । यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा विजयबहादुर स्वाँर निर्वाचित भएका छन्।महासंघको मंगलबार भएको अधिवेशनले स्वाँरलाई निर्विरोध रूपमा अध्यक्षमा चयन गरेको हो।

उनी लामो समयदेखि महासंघमा वरिष्ठ उपाध्यक्ष रहेका थिए। तीन कार्यकाल वरिष्ठ उपाध्यक्ष रहेका स्वाँरलाई सर्वसम्मत रूपमा अध्यक्ष बनाइएको महासंघले जनाएको छ।स्वाँर नेपाली कांग्रेसका नेतासमेत हुन्। कैलाली क्षेत्र नम्बर २ बाट उनी कांग्रेस महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य छन्।महासंघको वरिष्ठ उपाध्यक्षका लागि भने मतदान भएको थियो। तीन पदका लागि चार जना चुनावी मैदानमा थिए।

आज बिहान सकिएको मतगणनाअनुसार वरिष्ठ उपाध्यक्षमा सरोज सिटौला, हरिशरण केसी र ऐनकुमार शाही निर्वाचित भए भने केदार पौडेल पराजित भएका छन्।‘अध्यक्षमा स्वाँर सर्वसम्मत हुनुभएको हो,’ सिटौलाले भने, ‘वरिष्ठ उपाध्यक्षमा मलगायत साथीहरू जित्यौं।’ महासंघको महासचिवमा भने डेकनाथ गौतम र उपमहासचिवमा पुरूषोत्तम सिंखडा,शम्भू रिजाल र गगन रोका चयन भएका छन्। यस्तै कोषाध्यक्षमा ज्ञानेन्द्र श्रेष्ठ र सहकोषाध्यक्ष अर्जुन गौतम निर्वाचित भएको महासंघले जनाएको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति