इस्लामावाद, २९ चैत । पाकिस्तानको पाकिस्तान मुस्लिम लिग नवाज (पीएमएल–एन) का नेता शेहबाज शरिफले पाकिस्तानको २३ औँ प्रधानमन्त्रीका रुपमा शपथ लिएकाे छ । प्रधानमन्त्री इमराख खानले पाकिस्तानको संसदमा विश्वासको मत प्राप्त गर्न नसकेपछि भएको मतदानमा शेहबाज शरिफ सोमबार पाकिस्तानको प्रधानमन्त्रीमा नियुक्त भएको थियो ।
पाकिस्तानको संसद्मा सोमबार भएको मतदानबाट पाकिस्तान मुस्लिम लिग, नवाजका नेता शरिफ प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको थियो । सोमबार नै राति आयोयित एक विशेष समारोहमा उनलाई प्रधानमन्त्री पदको शपथ गराइएको विभिन्न सञ्चारमाध्यमहरुले जनाएका छन् । पाकिस्तानको संसद्का ३४२ सदस्य मध्ये १७४ जनाले शरिफको पक्षमा मतदान गरेका थिए ।शरिफले पाकिस्तानको हालको विपक्षी दलको नेतृत्व गर्दै आएकाे थियो । उनी ७० वर्षको हुनुहुन्छ । शेहबाज पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफका भाइ हुन् । लाहोरमा जन्मिनु भएका शरिफ यसअघि पञ्जाबको मुख्यमन्त्री भएको थियो । उनले पाकिस्तान पिपुल्स पार्टी, जमैत उलेमा ए इस्लाम एफलगायतलाई समेटेर नयाँ सरकार बनाउनु हुने भएको छ । विश्वासको मत प्राप्त गर्न नसकेपछि निवर्तमान प्रधानमन्त्री इमरान खान जिम्मेवारीमुक्त भएको र त्यसलगत्तै सोमबार नयाँ प्रधानमन्त्री चयनका लागि मतदान भएको थियो ।
प्रतिक्रिया