ट्राफिक ४२ कार्यालय सहयोगीलाई सम्मान तथा अन्तरक्रिया सम्पन्न

काठमाडौँ, २९ चैत्र । काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथमा कार्यरत ४२ जना ट्राफिक प्रहरी कार्यालय सहयोगीहरूलाई एक कार्यक्रमबीच खादा लगाएर सम्मान गरेको छ ।

कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशीले काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालय तथा मातहतमा कार्यरत ४२ जना कार्यालय सहयोगीहरूलाई विभिन्न तहमा स्तर निर्धारण भएको जानकारी प्रदान गर्नुका साथै खादा लगाएर सम्मान गरेकाे हो । सोही कार्यक्रममा एसएएसी जोशीले उक्त प्रहरी कर्मचारीहरूसँग अन्तरक्रियासमेत गरेकाे छ । उक्त अवसरमा एसएसपी जोशीले बधाई दिदैँ आगामी दिनमा कार्यालय तथा संगठनको गरिमा उच्च पार्न थप इमान्दारी, क्रियाशिल र समर्पित भई सेवा गर्नहुन निर्देशनसमेत दिए । उनले नेपाल प्रहरीको श्रेणी विहीन पदमा रही बिगत लामो समय देखि कार्यालयको कामकारबाहीमा सहयोग गरिरहेका प्रहरी कर्मचारीको स्तर निर्धारण हुदाँ कर्मचारीको सेवा सुविधामा भिन्नता ल्याउनुका साथै काम गर्ने प्रहरी कर्मचारीमा थप उत्प्रेरणा र मनोवल उच्च भएको पनि बताए । यस ट्राफिक प्रहरी कार्यालयमा कार्यरत ५ जना पञ्चम स्तर, ११ जना चतुर्थ स्तर, १३ जना तृतीय स्तर, ८ जना द्धितीय स्तर र ४ जना प्रथम स्तरमा स्तर निर्धारण भएका छन् । उक्त कार्यक्रममा प्रहरी उपरीक्षक, प्रहरी नायव उपरीक्षक तथा अन्य ट्राफिक प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति