सेती नदीमा डुबेर एकको मृत्यु


डोटी , २९ चैत । सेती नदीमा नुहाउने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ ।


केआई सिंह गाउँपालिका–६ भिताडिका ६० वर्षीय राम ताम्राकारको मृत्यु भएको हो । ताम्राकार शिखर नगरपालिका–२ मा प्रसिद्ध धार्मिक स्थल सालमुनीमा पुजा गर्न आएका थिए । त्यही पुजाको बेला नुहाउने क्रममा नदीमा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी कान्तिराज जोशीले जानकारी दिए ।


मंगलबार बिहान १० बजेतिर नुहाउने क्रममा डुबेका ताम्राकार करिब आधा घण्टापछि मृत भेटिएका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति